|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। ढकालले आज मंगलबार एक कार्यक्रम गरेर आफ्नो प्यानलको घोषणा गरेका हुन्।  

ढकालको प्यानलमा वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र सांघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

निजी क्षेत्रका व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको अध्यक्ष अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुने पक्का भइसकेको छ।

महासंघले आफ्नो विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुन पाउने बनाएको छ। त्यसैले पनि महासंघमा वरिष्ठ उपाध्यक्षका लागि ठूलो लडाइँ हुने गरेको छ। वरिष्ठ उपाध्यक्ष ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.