३ सय ६ बेडको आइसोलेसनमा जम्मा १७ जना

|

सल्यान : जिल्लामा बनाइएका क्‍वारेन्टाइन र आइसोलेन खाली हुँदै जान थालेका छन्। मंगलबारसम्म जिल्लाका ९ वटा स्थानीय तहमा अब मात्र ३ सय २३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। त्यस्तै १७ जना आइसोलेसनमा बाँकी रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

क्‍वारेन्टाइनबाट घर फर्कनेको संख्या बढ्न थालेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। उनका अनुसार १० स्थानीय तहमा बनेका १ सय ९ क्‍वारेन्टाइनमध्ये अधिकांश खाली छन्। 

मंगलबारसम्म दार्मा गाउँपालिकामा २३, कुमाख गाउँपालिकामा २७, बागचौर नगरपालिकामा ७१, शारदा नगरपालिकामा १७, छत्रेश्वरी गाउँपालिकाका २८ जना बसिरहेका छन्। यस्तै त्रिवेणी गाउँपालिकामा १२, कपुरकोट गाउँपालिकामा ३०, कालिमाटी गाउँपालिकामा १० र बनगाड कुपिण्डे नगरपालिकामा ९० गरी ३ सय २३ जना क्‍वारेन्टाइनमा रहेका पोखरेलले बताए। सिद्ध कुमाख गाउँपालिकाका सबै क्‍वारेन्टाइन खाली भइसकेका छन्। जिल्लामा २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य कार्यालयका अनुसार शारदा नगरपालिकाका ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १ सय ५१, कुमाख गाउँपालिकाका २७, सिद्ध कुमाखका ३, छत्रेश्वरी गाउँपालिकाका १, त्रिवेणी गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कपुरकोट गाउँपालिकाका २, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १५ र जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। 

३ सय ६ बेडको आइसोलेसनमा जम्मा १७ जना 

यस्तै सल्यानका विभिन्न पालिकामा निर्माण गरिएका आइसोलेसन पनि खाली हुँदै गएका छन्। कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसँगै आइसोलेसन रित्तिन थालेका छन्। आइसोलेसन कक्ष लुहापिङमा ७, बनगाड कुपिण्डेको आइसोलेसनमा ९ र छत्रेश्‍वरी गाउँपालिकाले बनाएको आइसोलेसनमा १ जनाको उपचार भइरहेको छ। 

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार सोमबारसम्म ५ हजार १ सय ३६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन  गरिएको छ। जसमा ४ हजार ८ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय २५ जनाको पोजेटिभ र ३५ जनाको स्वाब परीक्षणमा छ। 

बन्दाबन्दीको बीचमा भारतलगायत तेस्रो मुलुक र अन्तरजिल्लाबाट झन्डै १३ हजार बढी नागरिक जिल्ला भित्रिएका जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.