|

काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पले भत्काएको सिंहदरबारको पश्चिम मोहडा लकडाउनमा पनि धमाधम निर्माण भइरहेको छ।

सबैभन्दा ठूलो प्रशासनिक भवन निर्माणका लागि दैनिक २० जनाको समूहले काम गरिरहेको छ। सिंहदरबारको क्षति भएपछि त्यसभित्र रहेका अधिकांश सरकारी कार्यालय बाहिर सारिएको छ।

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले नेपाल सरकारलाई २ करोडमा बिक्री गरेको सिंहदरबारको एउटा भाग अझै बाँकी छ। २०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो। दरबारको ३ भाग आगलागीमा परेर ३ भाग ध्वस्त भए पनि सेनाले यसको अगाडिको भाग जोगाउन सफल भएको थियो।

लकडाउनका कारण लामाे समयदेखि राेकिएकाे काम केही दिनयता फेरि सुरु भएकाे हाे।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.