|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सनको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र टीकाराम पुरीबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपाध्यक्ष सम्बाहाम्फेले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि अध्यक्षमा दुई जनाको उम्मेदवारी पर्ने निश्चित भएको हो।

पुरीले यसअघि नै अध्यक्षको उम्मेदवार हुने घोषणा गरिसकेका थिए। अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै सम्बाहाम्फे र पुरी दुवै जनाले प्याब्सनलाई शिक्षाको मन्दिरको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाएका छन्। वरिष्ठ उपाध्यक्ष सम्बाहाम्फेले अग्रजहरुले देखाएको बाटोमा निरन्तर अघि बढाउन पनि आफूले उम्मेदवारी दिन लागेको बताए। उनले विद्यालयनै सञ्चालन नगरेकाहरुलाई अब प्याब्सनको नेतृत्वमा ल्याउन नदिने जिकीर पनि गरे।

सम्बाहाम्फेले आफूले शिक्षा क्षेत्रकै विकासमा २२ वर्ष बिताएकाले सोही अनुभवलाई व्यवस्थित गर्न पनि आफूले अध्यक्षको उम्मेदवारी दिने निर्णय लिएको पनि स्पष्ट पारे। सोमबार काठमाडौंमा प्याब्सनको १३ औं महाधिवेशन हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व र नीति चयन गर्ने प्याब्सनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.