|

अर्जुन काफ्ले

मोरङ : प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको जनाएको छ। 

मोरङको उर्लाबारीबाट विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला सेक्रेटरी नन्द बोहोरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

मंगलवार दिउँसो उर्लाबारी नगरपालिका-३ मंगलबारेबाट कालिकोट घर भएका नन्द बोहोरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए। 

बोहराको साथबाट प्रहरीले नेपाल टेलिकम र एनसेलका सातवटा सिम कार्ड बरामद गरेको छ। बोहोरा नेपाल कम्युनिष्ट पार्टीका मोरङ सेक्रेटरी रहेको प्रहरीले दाबी गरेको छ। 

उनलाई मोरङकै मिक्लाजुङमा भएको एक्जाभेटर आगजनीको घटनाको योजनाकारका रुपमा प्रहरीले लिएको छ। मिक्लाजुङ गाउँपालिका-१ स्थित रमितेमा २०७६ माघ ५ गते राति बम विष्फोट गरी ३ वटा एक्जाभेटर जलाइएको थियो।  

निर्माणाधीन उर्लाबारी, किसान चोक, रमिते सडकमा परिचालन गरिएका तीनवटा एक्जाभेटरमा बम विष्फोट तथा आगजनी गरेर क्षति पुर्‍याइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.