समाज

ओम्‍नीलाई दिइएको स्वास्थ्य सामग्री ठेक्का छानबिन गर्न माग

सांसदहरुले भने : अनेक आशंका छन्, खोजी गरौं

असार ३०, २०७७

    काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसदहरुले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानविन समिति गठन गर्न माग गरेका छन्। सांसदहरुले नियतवश नै ओम्नी समूहलाई खरिद गर्न दिइएको भन्दै छानविन गर्न माग गरेका हुन।

    नेपाल कम्युनिष्ट पार्टीकी सांसद धर्मशीला चापागाईँले वार्ता गर्न बनाइएको समितिले जुन टिमलाई स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा दियो त्यो भन्दा चार दिन अगाडि उक्त कम्पनीलाई जानकारी गराइएको बताइन्।

    कस्तो स्थितिमा कसरी प्रक्रिया थालियो र को को संलग्‍न छन भन्‍ने सबैभन्दा बढी महत्वपूर्ण भएको उनले बताइन्। 

    तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले कोभिड-१९ को व्यवस्थापन गर्न बनेको उच्चस्तरीय समितिले तुरुन्त तुरुन्तै निर्णय गर्न निर्देशन दिएको बताएकोले नोट गर्न आग्रह गरे। 

    नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले समितिको बैठकमा कुनै पनि व्यक्तिको जानकारी लिन बोलाइएको नभएकाले कुनै पनि किसिमको जिम्मेवारीबाट पन्छिन नपाउने बताए। उनले आफुलाई प्राप्त भएका अधिकारको विषयको मात्रै कुरा गर्न आग्रह गरे।

    नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खरिद प्रक्ररणबारे उचित जवाफ आउन नसकेको बताए। दुई अर्बको सामान ल्याउन जिम्मा पाएको कम्पनीलाई १८ करोडको सामान ल्याउँदा विरोध भएपछि हतारमा कालो सूचीमा राख्‍ने भन्‍ने तर मन्त्रिपरिषदबाट निर्णय गरेर भुक्तानी गर्ने प्रवृत्तिले आयात गर्न ओम्‍नीलाई नै छनोट गर्नुको नियत स्पस्ट नभएको बताए।

    नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले भ्रष्टाचारको आशंका भएको अवस्थामा चित्तबुझ्दो जवाफ नआएकाले सत्य तथ्य छानविन गर्न समिति गठन गर्न माग गरेका छन्। 

    नेपाल कम्युनिष्ट पार्टीका सांसद विरोध खतिवडाले ओम्‍नी समूहको दर्ता औषधि आयात गर्ने उद्देश्य रहेको नरहेकोबारे प्रश्‍न उठाए। उनले महानिर्देशक अध्यक्ष भएको समितिमा संयोजक अर्कोलाई तोकेर काम गरेको प्रति आशंका व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]