|

इटहरी : मनसुन लाग्ने बित्तिकै देशैभरि नदी तटीय क्षेत्रका बासिन्दाहरू बाढीको त्रासमा हुन्छन्। उनीहरुमा घर बगाउनेदेखि ज्यान नै कसरी बचाउने भन्ने त्रास हुन्छ।

बाढीले सताएको बेला सप्तकोशी नदी आसपास बस्ने स्थानीयहरूले भने बाढीलाई अवसरको रूपमा लिने गरेका छन्। बर्खायामको कोशीको चर्चा नकारात्मक मात्र हुने भए पनि स्थानीयहरूका लागि भने अवसर समेत लिएर आउने गरेको छ।

बर्खाको बाढीसँगै स्थानीयहरूका लागि सप्तकोशीमा खुसी पनि हेलिँदै आउने गर्दछ। उनहरुले बाढीसँगै बगेर आउने काठ, दाउरा निकाल्छन्। कसैले वर्षभरि पुग्ने दाउरा बाढी आएको बेला एक दुई दिनमै संकलन गर्छन्। कसैले भने वर्षभरिको जीविका समेत त्यही कोशीबाट बगेर आउने दाउरा बेचेर चलाउने गर्छन्।

यस क्षेत्रका बासिन्दालाई यति बेला बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न भ्याइनभ्याइ हुन्छ। घरको चुलोमा बाल्नदेखि, संकलन गरेर बेच्नेसम्म यति बेला कोशी तीरमा दाउरा तान्ने गर्दछन्।

बाढीले गर्ने कटानले स्थानीयहरूको कयौँ बिघा जग्गा कोशीले आफ्नो बनाएको छ। जमिन लगेको सट्टा आसपासका स्थानीयहरूले कोशीसँग दाउरा साट्ने गरेका छन्। स्थानीयहरूले दैनिक घरायसी समानहरूको सहयोगमा दाउरा निकाल्ने गर्दछन्। लट्ठीमा भाला उनेर र बास प्रयोग गरेर घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने दैनिकी स्थानीयको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.