|

काठमाडौं : नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ।

आज छापावाल सुन प्रति तोला ९२ हजार ८ सय पुगेको हो। आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।  हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको भाउ पनि उकालो लागेको छ। तेजाबी सुन ९२ हजार तीनसय ६० रुपैया प्रति तोला कारोबार भइरहेको छ। त्यस्तै सुनको भाउ बढिरहेको बेला चाँदीको भाउ पनि बढेको छ चाँदी प्रति तोला एक हजार पाँच रुपैयाँमा पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.