|

काठमाडौं : सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थी संख्या घट्दै गएपनि ललितपुरको एक सामुदायिक विद्यालयमा भने केही वर्षदेखि निरन्तर बढिरहेको छ। पाँच वर्ष अघिसम्म डेढ सय विद्यार्थी रहेको भैंसेपाटीको जनउदय माविमा अहिले पाँच सय पुगेको छ।

''सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ तर हाम्रो स्कुलमा भने प्रत्येक वर्ष ५०/६० जना विद्यार्थी बढेको छन्' शनिबार ५७ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा प्रध्यानध्यापक शेखर अर्यालले भने।

विद्यालयको नतिजामा सुधार भएकाले विद्यार्थी संख्या बढेको प्रधानाध्यापक अर्याल बताउँछन्। २०७१ सालको एसएलसीमा ८० प्रतिशत विद्यार्थीले विशिष्ट श्रेणी र प्रथम श्रेणी ल्याएका थिए। सरकारले २०७२ सालको एसएलसीमा यस विद्यालयका सबै विद्यार्थीले ए, बी प्लस र बी ग्रेटमा पास गरेका छन्।

२०७३ सालमा न्युनतम बी प्लस कायम गर्ने विद्यालयले लक्ष्य लिएको छ। त्यस्तै ७, ८ र ९ मा पढ्ने २५ भन्दा बढी विद्यार्थीले ८५ भन्दा बढी प्रतिशत लिएर पास गरेका प्रध्यापक अर्याल बताउँछन्। कक्षा ७ बाट आठमा गएका नन्दु रोकायाले २०७२ मा दिएको परिक्षामा ९२ प्रतिशत लिएका थिए।  

विद्यार्थीको संख्या बढ्दै गएपनि विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, कक्षाकोठा र शिक्षक अभाव रहेको प्रधानाध्यापक अर्याल बताउँछन्। अहिले विद्यालयमा १४ जना शिक्षक रहेकोमा जम्मा सरकारी ७ वटा दरवन्दीका छन्। निजी श्रोतमा शिक्षक शिक्षिका राख्न समेत गाह्रो भएको उनले बताए।  

गुणस्तर सुधारको खाचो : शिक्षा सचिव

शनिबार आयोजित विद्यालयको वार्षिक उत्सवमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले सरकारी तथा सामुदायिक स्कुलहरुले गुणस्तर अभिबृद्धि गर्न नसकेकै कारण विद्यार्थीको संख्या घट्न थालेको बताए। सरकारी शिक्षक तथा कर्मचारीहरुले समेत सरकारी तथा सामुदायी स्कुलमा आफ्ना छोराछोरी नपढाउनु त्यसको प्रमाण भएको उनी बताउँछन्।

'हामी हाम्रा छोराछोरीको राम्रो पढोस् भन्ने चाहन्छौ तर सरकारी तथा सामुदायिक स्कुलमा हाम्रो विश्वास देखिदैन र बोर्डिङ पढाउँछौ यही नै हाम्रो शिक्षाको कमजोरी हो' श्रेष्ठले भने। उनले विद्यालय व्यवस्थापन समितिमा समेत आफ्ना बालबच्चा पढेका अभिभावक हुनुपर्नेमा त्यस्तो नदेखिएको बताए।

ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले पछिल्ला वर्षहरुमा सरकारी तथा सामुदायिक स्कुलमा विद्यार्थीको संख्या घट्न थालेकाले सरकारले २०५७ सालदेखि सरकारी स्कुलहरुमा शिक्षकको दरवन्दी नबढाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • शैक्षिक क्षेत्रका खवरलाई महत्व दिएर समाचारकाे स्थान दिएकाेमा थाह खवरप्रति हार्दिक अाभार प्रकट गर्दछु । अागामी दिनमा पनि कम अाय भएका उपत्याकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको खवर दिएर लगाएको यो गुन समुदायका लागि प्ररणाकाे स्राेत बनाेस् । याे मेराे थाहा खवरलाई शुभकामना । सामुदायिक विद्यालयमा ठगेर खाने शिक्षकलाई ठेगान लगाई पढाइ तथा विद्यार्थी बढाएकाे खवरले सिङ्गाे समाजलाई उत्प्रेरणा प्रदान भएकाेमा मुरी मुरी धन्यवाद ।