|

काठमाडौं : धनगढीबाट समातिएका विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनबाट कटुवा पेस्तोल समेत बरामद गरिएको छ।

एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली ब्युरो इन्चार्ज तथा पुनकी श्रीमती पूर्णिमा भन्‍ने गौरा धामीलाई समेत पक्राउ गरिएको बताए।

उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीबाट पक्राउ गरिएको विष्टको भनाइ छ। विप्लवनिकट स्रोतले भने धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गएको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटी लखेटी गिरफ्तार दाबी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.