|

काठमाडाैं :नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि हुने कांग्रेसको १४ औँ महाधिवेशनमा अहिलेको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।  
समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकाले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरु लागेको पनि उनले बताए।  

चाक्सीबारीमा बुधबार आयोजित एक कार्यक्रममा कार्यक्रममा पूर्व-महामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताएका हुन्।

‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने,  ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’ 

कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको   उनको आरोप छ।  कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानविन गरिरहेको उनले बताए।

सरकारले कोरोना परीक्षणको दर बढाउन नसकेकाले स्थिति अझै भयावह हुनसक्ने बताए।   चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर लेखा समितिले सरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको आराेप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.