स्वास्थ्य

कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थपिने

असार ३१, २०७७

    काठमाडौं : कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्‍न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप्‍न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

    विभिन्‍न १६ वटा अस्पतालमा करारमा नियुक्त चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीलाई करार समय थप गर्न मन्त्रालयले निर्देशन दिएको हो।

    उनीहरूको करारअवधि पुस मसान्तसम्म थप्न राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताललगायत १६ वटा अस्पतालका करार कर्मचारीको अवधि थप्न निर्देशन दिएको छ।

    कर्मचारीको आर्थिक दायित्व सुनिश्चितता गरेर मात्र करार अवधिलाई निरन्तरता दिन पनि निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    विज्ञप्ति:

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]