|

जनकपुरधाम : सिरहाको लहानबाट मेयरका एक छोरासहित दुईजना घुससहित बुधबार पक्राउ परेका छन्।

लहान नगरपालिका-२२ राजदेवी चौकबाट सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतो घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले दुवै जनालाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। 

अख्तियारका एक अधिकारीका अनुसार डिपिआर गरेको भुक्तानी दिन मेयर मण्डलले‌ सेवाग्राहीसँग घुस मागेका थिए। घुस लिन मेयर मण्डलले नै छोरा सन्त र जितेन्द्रलाई पठाएका थिए।

अख्तियारको टोलीले पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि बर्दिबासको कार्यालय लगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.