|

धनकुटा : साइबर अपराध गरेको आरोपमा धनकुटास्थित शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यलय कम्प्युटर अपरेटरसहित तीन कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। 

बुधबार काठमाडौंबाट आएको सिआइबीको टोलीले शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा, सब–इन्जिनियर अभिषेक आचार्य र कार्यालय सहयोगी प्रेम भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए। 

नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंको उजुरीमा सिआइबीको टोलीले पक्राउ गरेका तीनमध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा तारिखमा हाजिर हुने गरी छोडिएको छ। अपरेटर देउजालाई काठमाडौं लगिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

आवश्यक परेको बेलामा तारिखमा छुटेकालाई नियन्त्रण लिइने प्रहरीले जनाएको छ। उनीहरुले नेपाल टेलिकमको एप्स चोरी गरि ग्राहकलाई ब्यालेन्स रकम पठाइ टेलिकमलाई ठगी गरेको आरोपमा लागेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.