|

म्याग्दी : अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।

छिमेकी वडा ताकमको सिवाङस्थित विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट लगिएको १ लाख १७ हजार बराबर रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

पार्टी सभापति खम्बीर गर्बुजाको नेतृत्वमा पुगेको टोलीले खाद्यान्न, लत्ताकपडा, तरकारीलगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको पार्टी उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिए ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा पार्टी सभापति गर्बुजाले धवलागिरी–६ मराङ र मालिका गापा–७ बिमका पहिरो प्रभावितलाई राहत सहित पार्टीमार्फत पुनःस्थापनाको अभियानमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌। ‘तपाईंहरुको पीडामा सधैँ साथमा छु, थप सहयोगका लागि पहल गरिरहेको छु’ गर्बुजाले भने।

कल्लेनीबाट विस्थापित भएका करिब ७० जनाको अस्थायी बसोबासमा भइरहेको व्यवस्थालगायतका बारेमा समेत जानकारी लिएको टोलीले जनाएको छ। जिल्ला उपसभापति रेग्मी, सहसचिव भरत ढकाल र महिला संघकी अध्यक्ष बिमला गौचन पनि राहत विवतणका लागि सिवाङ पुगेका थिए। 

त्यस्तै, स्थलमार्ग हुँदै खाद्यान्न लिएर गएको नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीसहितको टोली पहिरोस्थलमा पुगेको नेविसंघकी नेतृ सुजता खत्रीले जानकारी दिइन्।  नेपाली कांग्रेसले पार्टीमार्फत पहिरोपीडितलाई १ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ भने आर्थिक सहायतासहित विभिन्न अभियान सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.