|

सल्यान : सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा शंकास्पद बस्तु फेला परेको छ। 

बिहिबार बिहान बागचौर बजारमा रहेको मुक्तनाथ बिकास बैंक अगाडी शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।  बिहान करिब ६ बजेको समयमा सानो बाल्टिनमा राखेको शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेकोे प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। 

उनका अनुसार बस्तु सँगै केही कुरा लेखेको पत्र समेत छोडिएको छ। राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएको छ। शंकास्पद बस्तुलाई डिस्पोजन गर्न नेपाली सेना त्यस तर्फ जादै गरेको प्रहरी प्रमुख खतिवडाले बताए। 
यसैबिच बम राखेको जिम्मा विप्लव नेकपाले लिएको छ।  

महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुलीरहेको कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयोजक बारुदको नेतृत्वमा पहिलो कारबाही स्वरुप यस्तो कार्य गरेको बताएका छन्। 

पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानद्धारा जारी गरिएको पर्चामा उल्लेख गरिएको छ। पर्चामा अब पनि बैंक तथा लघुवित्तहरुले किस्ता उठाउन नछोडे कडा कारबाही गर्ने उल्लेख गरिएको छ। यसअघि पनि सो पार्टीले लकडाउनमा किस्ता नउठाउन भन्दै एक प्रेस विज्ञप्ती जारी गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.