'डिजिटल स्टोरीटेलिङ'मा केन्द्रित हुने

|

बेलायती सार्वजनिक प्रसारण सेवा बीबीसीले प्रसारण क्षमता सीमित गर्ने भएको छ। खर्च कटौतीका लागि यसो गर्न लागिएको र अब समग्रमा आफूसँग थोरै पत्रकारहरुमात्र रहने बीबीसीले जनाएको छ। 

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन प्रमुख फ्रन अन्स्वोर्थले अब बीबीबी थोरै समाचारहरुमा केन्द्रित हुने र  पत्रकारलाई विशिष्ठिकृत भन्दा पनि केन्द्रीय टीममा राखिने बताएका छन्। 

बीबीसी न्युज च्यानल र बीबीसी वर्ल्डले बिहान र बेलुकीका केही 'आउटपुट' कायमै राख्ने जनाएको छ। तर 'रेडियो फोर' कार्यक्रम पनि बन्द गर्नेछ। बीबीसी न्युज च्यानलमा आउने गरेको 'बिजनेस न्युज बुलेटिन' पनि हटाउनेछ। 

बीबीसी वर्ल्ड सर्भिसले पनि 'वर्ल्ड अपडेट' र 'द वर्ल्ड दिस विक' लगायतका कार्यक्रम नचलाउने भएको छ। यस्तै दैनिक समसामयिक विषयको शो 'न्युजडे' को अवधि पनि घटाउनेछ। साथै विद्युतीय सञ्जालमा रहेका अन्य खाताहरू हटाएर मूख्य सञ्जालमा ध्यान केन्द्रित गर्ने जनाइएको छ। 

कोरोना भाइरस महामारीका कारण यस वर्ष बीबीसीले १२५ मिलियन पाउन्ड बचाउन जरुरी रहेको र संगठनमा कामको पुनर्मूल्यांकनका लागि सोच्न आवश्यक रहेको अन्स्वोर्थले बताएका छन्। थोरै, तर अधिक लक्षित र प्रभाव राख्ने समाचार आवश्यक भएको र सबै दर्शकका लागि सेवा जारी राख्नका लागि यो कदम चाल्नुपर्ने अवस्था आएको उनले कारण देखाएका छन्‌।

कार्यक्रम र समाचार सेवा कटौतीको निर्णय गरेलगत्तै सयभन्दा बढी सांसदहरुले बीबीबीलाई यसो गर्दा संस्थाको क्षमतामा गम्भिर असर पर्ने बताएका छन्। 

बीबीसीको कर्मचारी कटौतीले पर्दामा भन्दापनि त्यसपछाडि धेरै परिवर्तन हुने भनिएको छ। 

चर्चित कार्यक्रम 'द एन्ड्रयु शो' पनि बन्द 

बीबीसीले चर्चित राजनीतिक साक्षात्कार कार्यक्रम 'द एन्ड्रयु शो' पनि बन्द गर्न लागेको छ। बीबीसीको नयाँ  सार्वजनिक प्रसारण तालिकामा एन्ड्रयुको शो समावेश गरिएको छैन। कोरोना महामारी सुरु भएदेखि नै यो शो प्रसारण भएको थिएन। 

अन्तरवार्ताकार एन्ड्रयु निलले यो कार्यक्रम संचालन गर्दै आएका थिए। नेताहरुलाई अन्तरवार्तामा हराबरा खेलाउने एन्ड्रयुलाई बीबीसीकै सबैभन्दा 'क्रुर अन्तरवार्ताकार' मानिन्छ। 

अब कस्तो बन्ला बीबीसी ?

बीबीसीले अब समग्रमा आफूसँग थोरै पत्रकारहरुमात्र रहने बताएको छ। तर, कर्मचारी र सेवा कटौती गरेपनि आफ्नो प्रसारण भने थप सुदृढ र सुनिश्चित हुने दावी गरेको छ। 

अब बीबीसीका पत्रकारहरु अन्तरवार्ता लिन स्रोत व्यक्तिकहाँ पुग्ने छैनन्। धेरैजसो साक्षात्कारहरू स्काइप, जुम र अन्य भिडियो एपहरुमार्फत लिइनेछ। यसो गर्दा स्याटेलाइट ट्रक र रेडियो कारहरु आवश्यक पर्नेछैन र खर्च घट्नेछ। 


बीबीसी मुख्यालय भवन ।

'भिक्टोरिया डर्बीशायर शो' का कैयौं कर्मचारीहरुलाई संलग्न गराई उत्खनन् नगरिएका र 'एक्सक्लुसिभ' घटनाहरुमा पत्रकारको समूह परिचालन गर्ने बीबीसीले जनाएको छ। अब 'डिजिटल स्टोरीटेलिङ'मा केन्द्रित हुने बेलायती सार्वजनिक प्रसारण संस्थाको लक्ष्य छ। 

यस्तो छ कारण 

बीबीसीले सन् २०१६ मै ८०० मिलियन पाउन्ड बचत गर्न आवश्यक रहेको जनाएको थियो। यो राशीमध्ये समाचारबाट वार्षिक ८० मिलियन पाउन्ड बचत हुने आंकलन गरेको थियो। तर, पछिल्ला चार वर्षमा कर्पोरेशनले जम्माजम्मी ४० मिलियन पाउण्डमात्रै बचत गर्न सकेको छ। 

गत जनवरीमै ४५० जना कर्मचारी कटौती गर्ने भनेपनि कोरोना महामारी कभरेजको माग भएका कारण यो निर्णय लागु गरेको थिएन।

कर्मचारीको प्रतिक्रिया

भारी संख्यामा कर्मचारी र सेवा कटौती गर्ने निर्णयसँगै बीबीसीका कर्मचारीको संस्था ब्रोडकास्टिङ युनियन (बेक्टु) ले व्यवस्थापनलाई जिम्मेवार बन्न र प्रबन्धमा ध्यान दिन आग्रह गरेका छन्।

बेक्टुका प्रमुख फिलिपा चाइल्डसले भनेकी छिन्, 'देश र विश्वभर बीबीसी न्युज निकै विश्वसनीय ब्राण्ड हो, फेक न्युज र अनिश्चयकारी स्वास्थ्य संकटका बेला सार्वजनिक सेवा प्रसारकले यो विश्वास कायम रहनुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.