|

अमेरिकामा ह्याकरहरुको समूहले उच्च पदस्थ र विशिष्ट व्यक्तिहरु सहित उद्योगपतिहरुको ट्विटर अकाउण्ट ह्याक गरी सहयोग रकम माग गरेको प्रकरण सार्वजनिक भएको छ।

बिट क्वाइन घोटाला नाम दिइएको यो प्रकरणमा ह्याकरको समूहले अर्वपति उद्योगी इलोन मस्क, जेफ बेजोस र बिल गेट्सलाई लक्षित गरेर उनीहरुको ट्विटर अकाउण्टमा सन्देश पठाएका थिए।

यसैगरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, विदेशमन्त्री जो विडेन तथा चर्चित गायक किने वेस्टबाट समेत रकम माग गरेको खुलेको छ।  “सबैले केहि न केहि माग गरिरहेका छन् र अब सहि समय आएको छ” लेखिएका सन्देश सहित एक हजार डलर पठाएमा दुई हजार पठाइदिने आशयका सन्देशहरु प्राप्त भएको विल गेट्सले बताएका छन्।

अकाण्टको पासवर्ड परिवर्तन गर्नका लागि समेत अनुरोध आएको उनहरुले बताएका छन्। धेरै प्रतिष्ठित र चर्चित व्यक्तिहरुलाई लक्षित गरी पठाइएको उक्त सन्देशहरु केही समयपछि हटाइएको बताइएको छ। 

ट्विटरले यसरी चर्चित व्यक्तिहरुलाई एकै पटक धेरै सन्देश पठाउन मिल्ने गरी आफ्नो प्रणालीमा भएको छेडखानीको अनुसन्धान शुरु गरिसकेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.