|
Photo : bbc.com/hindi

विधायकहरुको हंगामा र झडपका बिच भारतको तमिलनाडु राज्यका नयाँ मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन्। विधानसभामा शनिबार भएको मतविभाजनका बेला विपक्षी विधायकहरु पूर्णतः छायाँमा परेको बीबीसीले लेखेको छ।

विपक्षी कांग्रेस, डीएमके र पूर्वमूख्यमन्त्री पनीरसेल्वम खेमा विधानसभामा विश्वासको मतदान गोपनिय हुनुपर्ने माग गरिरहेको थियो जसलाई सभामुखले अश्विकार गर्दै ध्वनी मतका आधारमा विधानसभाको मत विभाजन गरेका थिए। जसका कारण विधानसभामा व्यापक झडप भयो र सभामुखले लगाएको कपडा समेत च्यातियो

पलनीसामीलाई सदनमा रहेका १२२ विधायकले समर्थन गरेका थिए। उनलाई मुख्यमन्त्री भइरहन ११७ विधायकको समर्थन आवश्यक थियो। पलनीसामीको विपक्षमा ११ विधायक मात्र रहेका थिए। तमिलनाडु विधानसभामा २३४ सिट मध्ये मुख्यमन्त्रीको दल अन्नाद्रमुकका १३४ विधायक छन्। जसमा विधानसभा अध्यक्ष पनि पर्छन्। जहाँ मुख्य विपक्षी पार्टी द्रमुकका ८९ र कांग्रेसका ८ विधायक छन्।

पलनीसामीले गत आइतबार नै मुख्यमन्त्रीको सपथ लीइसकेका छन्। उनलाई राज्यपालले १५ दिनभित्र विधानसभामा विश्वासको मत लिन भनिएको थियो।

मतविभाजनका बेला विधानसभामा भएको झडपका क्रममा सभामुखको सर्ट च्यातिएको छ। सभामुखले डीएमकेका विधायकहरुबाट अपमानित हुनुपरेको बताएका छन्। सभामुखको माइक भाँचेर उनको कुर्सीमा डीएमके विधायक बसेका थिए। जसका कारण विधानसभा स्थगन भएको थियो। स्थगन गर्नुपूर्व सभामुखले विपक्षी डीएके पार्टीका विधायकलाई बाहिर निकालेका थिए। तर, डीएमके नेता एमके स्टालिनले सभामुखले आफैले सर्ट च्यातेको दावी गरे।

तत्कालिन मुख्यमन्त्री जयललिताको सन् २०१६ डिसेम्बरमा निधन भएपछि तमिलनाडुमा मुख्यमन्त्रीका लागि राजनीतिक चलखेल सुरु भएको थियो। उनको निधनपछि पनीरसेल्वम मुख्यमन्त्री भएका थिए। जयललिताकी विश्वासपात्र शशीकलालाई पार्टीले नेता चुनेपछि पनीरसेल्वमले राजनीनामा दिएका थिए।

शशीकलालाई उच्च अदालतले भ्रष्टाचार गरेको प्रमाणीत गर्दै ४ वर्षका लागि जेल चलान गरेपछि उनका विश्वासपात्र पलानीसामी मुख्यमन्त्री बनेका छन्। उनलाई मुख्यमन्त्री बनाउन केहीदिनयता समर्थक विधायकहरुलाई समेत एक रिसोर्टमा लगेर राखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.