|

काठमाडौं : उपत्यकामा सवारी कारबाहीबाट २५ करोड रुपैयाँ बराबर राजस्व उठेको छ। उपत्यकामा हुने दैनिक साना ठूला सवारी कारबाहीमा ०७६\७७मा २५ करोड १४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व उठेको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

यो अवधिमा ३ लाख ९५ हजार २ सय ३९ वटा सवारी साधन कारबाहीमा परेका थिए।  ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ करोड कमी हो।

आर्थिक वर्ष ७५/७६ मा भने ४ लाख ८१ हजार ७५ वटा सवारी साधनको कारबाहीबाट  कुल ३१ लाख ५६ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको थियो। 

कति दुर्घटना ?

यो वर्ष सबैभन्दा बढी सबैभन्दा बढी दुर्घटना भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १ हजार बढी भएका छन्। अघिल्लो वर्ष ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका थिए।

जसमा २ सय ५४ जनाले ज्यान गुमाए। ३ सय १७ जना गम्भीर घाइते भएका थिए। यो वर्ष ९ हजार ४ सय ६१ सवारी दुर्घटना भए पनि ज्यान गुमाउनेको संख्यामा भने कमी आएको छ। यो आर्थिक वर्षको अन्त्यसम्म जम्मा १ सय ४४ जनाले ज्यान गुमाएका छन्। गम्भीर घाइतेको संख्या भने २ सय २९ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.