|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसमा गुटको विवाद फेरि उत्कर्षमा पुगेको छ। पार्टीमा छलफल नगरी सभापति शेरबहादुर देउवाले महाधिवेशन लागि सकेपछि विभिन्न विभागमा सदस्यहरू थप गरेपछि गुटको विवाद फेरि तातेको हो। आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले कांग्रेसको केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव र निर्वाचन समितिमार्फत ध्यानाकर्षण पत्र बुझाएर अनुशासनविपरीत काम नगर्न देउवालाई सन्देश पठाएका छन्। 

‘नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ। पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका दोहोर्‍याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ।’ पौडेल पक्षले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ। 

ध्यानकर्षण पत्र वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले लिखित रूपमा बुझाएका हुन।  ध्यानकर्षण पत्रमा महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दूराशयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन   पनि भनिएको छ। पौडेल पक्षले हिजो बुधबार छुट्टै भेला पनि गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.