|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुन: यो संख्या बढ्‍न थालेको हो।

 योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।  

बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन्। बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ। अहिले देशभरिका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन्। अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.