समाज

महालक्ष्मी नगरपालिकाले भोलिदेखि लकडाउन खुकुलो बनाउने

साउन १, २०७७

    काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि शुक्रबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। नगरपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी शुक्रबार बिहान ५ बजेदेखि लकडाउन खुकुलो बनाउने जानकारी दिएको हो। 

    नगरपालिकाले कोरोना संक्रमितको संख्या नगरपालिकाभित्र वृद्धि भएको भन्दै असार २४ गतेदेखि वडा नम्बर ७, ८ र ९ मा औषधि र खाद्यान्‍नबाहेक अन्य सबै उद्योग तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो। प्रेस विज्ञप्तिमार्फत नगरप्रमुख रामेश्वर श्रेष्ठले लकडाउन खुकुलो बनाइए पनि सजग र उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]