|

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढिरहँदा सक्रिय संक्रमितको घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको बताए। मंगलबार मुलुकभर सक्रिय संक्रमित ६ हजार ६ सय ९५ र  बुधबार सक्रिय संक्रमितको संख्या ६ हजार १ सय १४ रहेको थियो।

उनका अनुसार मुलुकभर हालसम्म ११ हजार २ सय ४९ संक्रमित निको भएर घर गइसकेका छन्। हालसम्म कुल संख्याको ६४. ८५ प्रतिशत संक्रमण मुक्त भएका छन्।

उनले भने,' देशभरको क्वारेन्टाइनमा रहेकाको संख्या २३ हजार ५ सय छ। आइसोलेसनमा ६ हजार ५६ जना छन्।' पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.