|

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग अंक दूरी बढाएको छ। गएराति भएको खेलमा इस्पानियोललाई २-० ले पराजित गर्दै रियलले बार्सासँगको दूरी ४ मा पुर्‍याएको हो। गएरातिको अर्को खेल सेभियाले जितेपछि बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ।

एक खेल कम खेलेको रियलले ५२ अंक जोड्दा बार्सिलोनाको ४८ अंक छ। बार्साभन्दा १ खेल बढी खेलेको सेभियाले ४९ अंक जोडेको छ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन गेरेथ बेल र अल्भारो मोराटाले १-१ गोल गरे। 

गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिजोनलाई ४-१, सेभियाले इबरलाई २-० तथा अलाभेजले डिपोर्टिभो ला कोरुनालाई १-० पराजित गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.