|

एफए कप फुटबल प्रतियोगिताअन्तर्गत प्री क्वार्टर फाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ। गएराति भएको खेलमा चेल्सीले वोल्भरह्याम्पटन वान्डरर्सलाई २-० ले पराजित गर्‍यो। चेल्सीको जितमा पेड्रो रोड्रिग्वेज र डियागो कोष्टाले १-१ गोल गरे।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी च्याम्पियन्सिप टोली हडर्सफिल्ड टाउनसँग बराबरीमा रोकिएको छ। निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।

प्रतियोगितामा बर्नली र लेइस्टर सिटीले आ-आफ्नो खेल हार्दा मिडिल्सबर्गले अक्सफोर्ड युनाइटेडविरुद्ध ३-२ को जित हात परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.