|
फाइल फोटो

काठमाडौं : वायुमण्डलमा धुलोका कणहरु जम्मा भएपछि काठमाडौंमा स्वास्थ्यसम्बन्धी जोखिम बढेको विज्ञहरुले बताएका छन्। पानी पर्न वा बेगले हावा चल्न नसकेपछि धुँवाधुलोका कणहरु वायुमण्डलमै जम्मा भएर रहँदा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढेको हो।

अहिले सुख्खा मौसम भएकाले धुलोका कणहरु सतहमा रहिरहने र श्वास प्रश्वास हुँदै रगत लगायत शरिरका अरु विभिन्न प्रणालीमा पुग्ने हुँदा जोखिम हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत डाक्टर कृष्ण अर्याले बताए।

काठमाडौंमा बढ्दो प्रदुषणसँगै सुख्खा मौसम जोखिमपूर्ण हुने भएकाले श्वासप्रश्वासजन्य रोग लागिसकेका, बालबालिका र वृद्धवृद्धाले बढी ध्यान दिनुपर्ने उनको सुझाव छ। केहीदिन यता काठमाडौंको मौसम खुल्न सकेको छैन। धुलोधुवाँका कारण आकाश तुवाँलोले भरिएकोजस्तो धमिलो देखिन थालेको छ।

यहाँको भूबनोटका कारण पनि वायु प्रदुषण गर्ने कणहरु लामो समय यही रहिरहन्छन्। यस्ता कणहरु बिहान तल्लो सतहमा आउने र दिउँसो सुक्दै गएपछि माथि जाने गरेको मौसमविद् शान्ति कंडेलले बताइन्। पानी परे वा बेगले हावा चले मात्र आकाश खुल्ने भन्दै उनले तत्काल पानी पर्ने सम्भावना पनि नदेखिएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.