|

काठमाडौं : नेपाल टेलिकमले १ सय ५५ दरबन्दीमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। टेलिकमको पदपूर्ति समितिले उप-प्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। जसमध्ये ९९ जना अधिकृत तहका छन्।

यसमा टेलिकम इञ्जिनियर सातौँ तहतर्फ ४० जना, अधिकृत छैटौँ तहतर्फ व्यापार, कनुन र लेखा गरी १६ जना माग भएको छ। यस्तै उपप्रबन्धकमा २ जना तथा आठौँ तहको वरिष्ठ इञ्जिनियरमा ५ जना माग गरिएको छ।

चौँथो तहको जुनियर टेक्निसियनतर्फ ३१ जना र पाँचौँ तहका लागि २५ जना माग भएको आइतबार गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ। 

इच्छुक व्यक्तिले यही फागुन ८ देखि एक महिनासम्म ललितपुरको पुलचोकस्थित ग्राहक सेवा केन्द्र तथा क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र अत्तरियामा आवेदन दिन सक्ने टेलिकमले जनाएको छ।

त्यसपछिको सात दिन डबल दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

विज्ञापनको सूचना:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.