|

काठमाडौं : आयुर्वेद क्याम्पस कीर्तिपूरमा स्ववियु सभापतिका लागि अनेरास्ववियुको तर्फबाट शान्ति तिमल्सिनाले उम्मेदवारी दिने भएकी छन्। क्याम्पस इकाइ समितिले शान्तिलाई सभापति उम्मेदवार बनाउने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए। 

काभ्रे बनेपा घर भएकी शान्ति टेक्निकल स्टुडेन्ट एसोसिएसन नेपालकी सह-सचिव हुन्। २२ वर्षिया उनी स्नातक तहकी विद्यार्थी हुन्। बलियो संगठन, लगनशिलता र विद्यार्थीमाझ लोकप्रिय भएकोले आफूले जित्ने शान्तिले दावी गरेकी छन्। 

लगभग १६५ मतदाता रहेको आयुर्वेद क्याम्पसमा यसअघि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले स्ववियुमा जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.