|

जुम्ला : जागौँ कर्णाली अभियानले जुम्लामा जीवन उपयोगी सीप र कला प्रदर्शनी गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि गरिएको यो प्रदर्शनीमा सडकमा फालिएका कुहिने र नकुहिने फोहोर वस्तुबाट निर्माण गरिएको सामग्री राखिएको छ ।

फोहोरलाई पनि मोहोरमा बदल्न सकिन्छ, भन्ने कुरालाई सबैको अगाडि प्रष्ट पार्न यो प्रर्दशनी आयोजना गरेको जागौँ कर्णाली अभियानका अध्यक्ष गोविन्द सुनारले जानकारी दिए। फोहोरलाई फोहोरका रुपमा नभई त्यसलाई सीप लगाएर सुन्दर वस्तु बनाउन सकिन्छ भन्ने कुरा बुझाउन खोजिएको सुनार बताउँछन्।

अभियानले यहाँका युवा र विद्यार्थीलाई यो सीप प्रदान गरेको छ । जसमा एसिया इन्टरनेशनल मोडेल स्कूल जुम्लाका विद्यार्थीहरुले फोहोर कागजबाट झोला, प्लेट, पेन होल्डर, विभिन्न आकारका आकर्षक फूल, थोत्रा बोतलमा माटो हालेर साग उमार्ने काम र विभिन्न खालका बिक्रीयोग्य सामान बनाउने उनले बताए।

‘यसमा विद्यार्थीहरुले पढ्छन्, फोहोरलाई खेर जान दिनुहुन्न भन्ने ज्ञान लिन्छन्, र सरसफाइबारे सिक्छन्,’ उनले भने। शनिबारबाट सुरु भएको प्रदर्शनी आइतबार पनि जारी रहने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.