|

सुदीप सुवाल

भक्तपुर : काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग दहन  पर्व मनाएका छन्। कोरोना संक्रमणका कारण भक्तपुर नगरपालिकाले धेरै भिडभाड नगर्न उर्दी जारी गरेपछि विभिन्‍न स्थानमा सीमित मानिस भेला भएर गथांमुग दहन गरिएको हो।

नेवार समुदायले भूतप्रेत भगाउने दिनका रुपमा मनाउँदै आएका गठेमङ्‍गल उपत्यकाका विभिन्‍न स्थानमा  फरक फरक तरिकाले बनाउने गर्छन्। त्यसैगरी बिसर्जन गर्ने गरिन्छ।

कतै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्‍वालीको भूतप्रेत बनाई जलाउने काम गरिन्छ। भक्तपुरमा छवालीको गथांमुग बनाएर दहन गर्ने गरिएको छ। 

छ्‍वालीको गथांमुग बनाएर त्यसलाई राक्षसी स्वरुप दिएर विभिन्‍न स्थानमा बालिएको हो। भक्तपुरको इनाचो, दतात्रय, टौमडी लगायत स्थानमा गथांमुग बनाएर दहन गरिएको हो।

गथांमुग दहन गर्दा बालबालिका लागि गथांमुग छुवाउने गरिन्छ। त्यसो गर्नाले नराम्रो शक्तिले बालबालिकालाई छुन नसक्ने जनविश्‍वास रहँदै आएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.