|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आइतबार बन्दशत्रका कार्यक्रम भएका छन्। बन्दशत्रमा राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीको आर्थिक र अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ। 

महाधिवेशनले सरकारलाई मधेसी मोर्चामा आवद्ध दलहरुले राखेका मागलाई समेट्न आवश्यक पहल गर्न र तत्काल निर्वाचन घोषणा गर्न पनि माग गरेको सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए। 

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने हुनाले चुनावी चहल पहल बढेको छ। बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो प्रचार सामग्री सहित महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रचार प्रसार गरिरहेका छन्।

गायिका कोमल वलीले पनि यस पटक राप्रपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले फ्लेक्सबोर्डमा आफ्नो फोटो र उम्मेदवारी दिनुपर्नाको कारण समेत खुलाएर भोट मागिरहेकी छन्। अन्य नेताहरुले पनि व्यक्तिगत र समूह बनाएर आफ्नो प्रचार प्रसार गरिरहेका छन्। 

हेर्नुस् राप्रपाको चुनावी चहलपहलका फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.