पशुपति निकटका नेता पनि लोहनीको पक्षमा खुलेनन्

|

काठमाडौं : राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाउन दबाब बढ्न थालेको छ।

महाधिवेशनको दुई दिन अघि फागुन ४ गते राप्रपाका शीर्ष नेताबीच थापालाई सर्वसम्मतले अध्यक्ष बनाउन भएको सहमतिको स्वागत र समर्थन गर्दै पार्टीका ४३ जना पदाधिकारीले विज्ञप्ति जारी गरेका छन्।

उक्त सहमतिले पार्टीको ऐतिहासिक महाधिवेशनलाई एकता महाधिवेशनको सन्देश दिन र शीर्ष नेताहरु बीच भएको सहमति अनुरुप थापालाई सर्बसम्मतले अध्यक्ष बनाउन समर्थन सहित सहमतिप्रति ऐक्यवद्धता जनाएका छन्। 

दुई पार्टीको एकता अघि राप्रपा रहेका एक दर्जन बढीले थापालाई नैं सघाउने प्रतिवद्धता जनाएका छन्। थापालाई यसअघिको राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरा निकटका पदाधिकारी पनि खुलेर थापाका पक्षमा उभिएका छन्।

पार्टीका शीर्ष नेताबीच चार गते भएको सहमति भत्किएको भन्दै फागुन पाँच गते डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि थापालाई सर्बसम्मत अध्यक्ष बन्ने सम्भावना क्षीण बन्दै गएको छ। निर्वाचनको माध्यमबाट थापा अध्यक्षमा निर्वाचित हुन सक्ने सम्भावना भएपनि सहमतिबाट अध्यक्ष बन्ने सम्भावना भने टरेको छ।

पुरानो राप्रपामा रहेका प्रभावशाली नेता तथा उपाध्यक्षहरु दीपक बोहोरा, बुद्धिमान तामाङ र प्रतिभा राणा समेत थापालाई सर्बसम्मत अध्यक्ष बनाउने पक्षमा लागेका छन्।

पुरानो राप्रपामा रहेका पूर्वअध्यक्ष पशुपति शम्शेर राणा निकट भनेर चिनिएका महामन्त्रीहरु ध्रुबहादुर प्रधान, बिक्रम पाण्डे र नरेन्द्र चौधरी तथा कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता ठाकुरप्रसाद शर्मा, सहायक प्रवक्ता किरण गिरी र बसन्तमानसिंह अधिकारी पनि थापाकै पक्षमा उभिएका छन्। थापालाई पुरानो राप्रमा रहेका सहायक महामन्त्री राजेश गिरी थापाको पक्षमा खुलेर लागेका छन्।

थापालाई सर्बसम्त अध्यक्ष बनाउन हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्षहरु राजीव पराजुली, निरञ्जन थापा र हरिनारायण यादव, महामन्त्रीहरु टंक ढकाल राजेन्द्र लिङदेन, डा. धवलशम्शेर जबरा, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता राजाराम श्रेष्ठ सहायक प्रवक्ता राजाराम बर्तौला, मोहन श्रेष्ठ र सहायक महामन्त्रीहरु रवीन्द्रप्रताप शाह, बिन्दु पहाडी, तारानाथ लुईंटेल, कुन्तिकुमारी शाही, राम थापा, जयकुमार खड्का र राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। 

सहायक महामन्त्रीहरु इन्द्र चित्रकार, धर्मराज जोशी, प्रहलाद साह, गणेशप्रसाद यादव, मुकुन्दस्याम गिरी, मिना सुवेदी, बृजलाल यादव, मीरा राणा, अर्जुन राई, मनोज प्रधान, भूपाल किराँती, भोला साह, लालध्वज लामा, मोहन यादव र राजेन्द्र गरुङ पनि थापालाई नैं सर्बसम्मत अध्यक्ष बनाउनु पर्ने अभियानमा समर्थन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.