|

काठमाडौं : ‘एकताको लागि संगीत’ सहित लोक रक व्याण्ड नेपथ्यले आँउदो शनिबार बुटवलमा सांगीतिक कार्यक्रम गर्ने भएको छ। अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ ‘एस नेपाल’ नामको संस्थाले फागुन १४ गते शनिबार कालिका माध्यमिक विद्यालयमा आयोजना गरेको हो।

‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिको लागि शिक्षा’ नामक सांगीतिक अभियान सञ्चालन गरिसकेकजव नेपथ्यले यसपटक व्यवसायिक प्रयोजनका लागि सागीतिक प्रस्तुति गर्न लागेको हो। ‘द्वन्द्वको समयमा शान्ति र विद्यालयलाई हिंसामुक्त बनाउने आवाज बोकेर आफूलाई प्रस्तुत गरेका थियौं,’ नेपथ्यका गायक अमृत गुरुङले भने, ‘अब चाहिँ त्यही मञ्चमा नेपथ्यले आफूलाई व्यावसायिक हिसाबबाट उभ्याउँदैछ।’

मुलुक द्वन्द्वमा डुबेको बेला खतरालाई चिर्दै सांगीतिक अभियान ‘सुन्दर शान्त नेपाल’ गरेको थियो। त्यसबेला पनि नेपथ्यले कालिका माविमा नै कार्यक्रम गरेको थियो। ‘सन् २००३ मा त्यो यात्राको बेला हामीले यसै प्राङ्गणबाट शान्तिको कामना गर्दै गीत गाएका थियौं,’ अमृत भन्छन्, ‘त्यो सांगीतिक यात्राबाट लाभान्वित त्यही विद्यालय सानो भवनबाट आज धेरै विद्यार्थी अट्नेगरी धेरै गुणा फराकिलो बन्न पुगेको छ।’

बुटवलको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिने नेपालयका अर्पण शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.