|

काठमाडौं : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ। सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ। चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ।

महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ। चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.