|

भक्तपुर : अविरल परेको वर्षाले भक्तपुरका केही स्थानमा पहिरो गएको छ भने खोला किनारका बस्ती तथा बालीनाली डुबानमा परेको छ। 

 त्यस्तै वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र सयौं रोपनी खेती डुबानमा परेको छ। वर्षा नरोकिएकाले बाढीले थप क्षति गर्ने जोखिम बढेको छ काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलामा आएको बाढीले जडिबुटी र लोकन्थली क्षेत्रमा पर्ने मनोहरा बस्ती डुबानमा परेको छ।

मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा फाँटका सयौं रोपनी खेत डुबानमा परेको छ। ती खेतमा लगाएका बालीनालीमा क्षति पुगेको छ। हनुमन्तेको बाढी बस्तीमा पस्दा बराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेका छन्।


फोटोमा हेर्नुहाेस् भक्तपुरमा डुबानमा परेका ठाउँहरु 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.