|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको  १००० को नयाँ नोट आजदेखि चलन चल्तिमा ल्याउने भएको छ। 

 नेपाल राष्ट्र बै‌ंक मुद्रा व्यवस्थापन विभागले सूचनामार्फत नयाँ नोट निष्कासन  गरेको र आजदेखि चलन चल्तिमा ल्याउने जनाएको हो।  नोटमा साबिकको हात्तीको तस्विरभन्दा नयाँ हात्तीको तस्वीर राख्न लागिएको हो। बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ।’ 

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ। नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.