|
फोटो सौजन्य : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं :  नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिसाइटिसको शल्यक्रियापछि  आइतबार घर फर्किएका छन्। अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस शल्यक्रिया सहितको उपचार गराएर तीन दिनपछि घर फर्किएका हुन्।

पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस विथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले अत्याधुनिक क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए।

कप्तान खड्कालाई एकहप्तापछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ। उनको उपचारमा डा. प्रवीणविक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो। एनेस्थेसियामा डा. मुरारिराज उप्रेती र डा. अर्चन अधिकारीको टिमले साथ दिएको असप्तालले जानकारी दिएको छ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै खेल मैदानमा फर्कने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ। गत शुक्रबार दिउँसो सहनै नसक्ने गरेर पेट दुखेपछि खड्कालाई परिवारका सदस्यले अस्पताल लगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.