|

भक्तपुर : जबरजस्ती करणीको आरोपित एक एक युवक १४ महिनापछि मंगलवार पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–९ घर भई हाल काठमाडौं कालीमाटी बस्ने २२ वर्षीय सुरेश भण्डारी रहेको प्रहरीले बताएको छ।

सुरेशले २०७६ जेठ २ मा सूर्यविनायक नगरपालिका–४ मा डेरागरी बस्ने १७ वर्षीय युवतीलाई जबरजस्ती करणी गरी फरार भएको पीडितले बताएकी छन्। घटनाबारे कसैलाई भने मारी दिन्छु भनी धम्की दिएर सुरेश फरार भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए। पीडितको जाहेरीका आधारमा थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

यसैगरी बहुविवाहको मुद्दामा दोषी ठहर भई फरार भएका भक्तपुर नगरपालिका–९, तौलाछे बस्ने २७ वर्षीय सबिन प्रजापतिलाई प्रहरी पक्राउ गरी कारागार चलान गरेको छ। सविनलाई जिल्ला अदालत भक्तपुरले २०७६ जेठ २ मा एक वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

पक्राउ परेका सविनलाई प्रहरीले अदालतमा पेश गरेकोमा अदालतले फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाउने आदेश गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.