|

इलाम : नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा कोकिला ढकाल निर्वाचित भएकी छन्। आइतबार सम्पन्न १० औं जिल्ला अधिवेशनबाट उनी जिल्ला अध्यक्ष चुनिएकी हुन्।

नेपाल प्रेस युनियन, संघीय प्रेस फोरम र स्वतन्त्र पत्रकारहरु अधिवेशनमा सहभागी नभएपछि प्रेस सेन्टर र प्रेस चौतारी संयुक्त प्यानलले ५१ प्रतिशत सदस्य संख्या पुर्‍याएर ढकालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो। ढकाल पत्रकार महासंघको इतिहासमा नै अध्यक्ष बन्ने पहिलो महिला हुन्।

समितिको उपाध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा कौशिला राई, सचिव ख्याम भुजेल, खुल्ला सहसचिवमा राजेश पराजुली, समावेशी सहसचिवमा बलराम बराइली र कोषाध्यक्षमा जय राई चयन भएका छन्।

सदस्यहरुमा नमीन ढकाल, गोपाल निरौला, ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरगाई, योगेन्द्रकुमार शंकर, बुद्धमाया सोङमी, दिवाकर भण्डारी दिनेशकुमार महत र सन्तोष नेम्वाङ चयन भएका छन्।

त्यसैगरी केन्द्रीय सभासद (पार्शद) मा सुष्मा श्रेष्ठ, डिल्ली चापागाई, इन्दिराकुमारी घिमिरे, रिता राई, सटेन्द्रकुमार जवेगु, भीमप्रसाद चापागाई, प्रकाश अधिकारी, विमल दाहाल, बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दाहाल, अशोककुमार प्रधान र मोहनमान श्रेष्ठ चयन भएका छन्।

प्रदेश पार्शदमा कुमार गुरुङ, भीमसंगम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुब्बा, सोम सुनुवार, नवराज वर्देवा, मंगेस खालिङ, सुमन लावती, याम मावोहाङ, मिलन आर्चाय, विचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणीन्द्र संगम सापकोटा र प्रेमप्रसाद भण्डारी चयन भएका छन्।

निर्वाचित पदाधिकारी, केन्द्रीय सभासद र प्रदेश सभासदलाई निर्वाचन कमिटीका संयोजक धिरेन चेम्जोङ, सदस्य डा. देवी क्षत्री दुलाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खगेन्द्र पन्तले निर्वाचनको प्रमाणपत्र प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.