|

जाजरकोट : बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको छ। गत असार २५ मा गएको पहिरोबाट सार्की टोलका ११ जनाको मृत्यु भएको थियो। ५०० जना विस्थापित भएका छन्।

विस्थापित भएपछि त्रिपालमा बस्दै आएका दलवीरको खाने बस्नको अभावमा बुधबार बिहान मृत्यु भएको वडा सचिव डम्वर पुनले जानकारी दिए। वडा सचिव पुनका अनुसार यहाँ रहेका विस्थापितहरुलाई खाद्यान्नको समस्या रहेको बताए। चाँडै आधारभूत आवश्यकता पूरा नभए अन्य मानवीय क्षति हुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.