|

काठमाडौं : क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गरेर फरार रहेका अर्का एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका ५ का ६० वर्षीय मदनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कार्कीलाई पुनरावेदन अदालतले सात करोड ६४ लाख तीन हजार दुई सय ४४ रुपैयाँ जरिवाना र तीन वर्षको कैद सजाय तोकेको थियो। उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार, सुन्धारा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन्।

कार्कीले २०६६ असार ३० गते कमसल जग्गाको अत्याधिक मुल्याङन गरेर धितो राखेर झुठो परियोजना बनाई फाइनान्सबाट कर्जा दुरुपयोग गरेका थिए। उनीसँगै फाइनान्स ठगी गर्ने पाँच जनालाई यसअघि नै ब्युरोले पक्राउ गरिसकेको थियो। यसअघि ब्युरोले अरुणकुमार मराठा, तुलसाकुमारी धमला, नवराज खत्री, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई पक्राउ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.