|

काठमाडौं : आकर्षक तलवमा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काभ्रे सर्स्युँखर्क घर भएका ३१ वर्षीय देवराज तामाङलाई पक्राउ गरेको हो। उनले विभिन्न व्यक्तिलाई जापान पठाइदिन्छु भन्दै १० लाख ४५ हजार रुपैयाँ ठगी गरेका थिए।

बसुन्धरामा रहेको इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी प्रालिको नाममा जापान पठाइदिन्छु भन्दै खोटाङकी छपनी सरी राईबाट दुई लाख पाँच हजार र धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनीसहितका छ जनाबाट नौ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।

एग्रिकल्चरल रिसर्च भिषामा आकर्षक तलवमा जापान पठाइदिने भन्दै रकम उठाई तामाङ सम्पर्कविहीन भएकाका थिए। उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.