|

काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेसले वैशाखभित्रै स्थानीय निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ। विकसित राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्ने भूमिकाको विषयमा आइतबार संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलपछि कांग्रेस स्थानीय निर्वाचन बैखाशभित्रै हुनुपर्ने निष्कर्षमा पुगेको हो।

पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु सहभागी बैठकले स्थानीय तह कि निकायको निर्वाचन भन्नेमा यकिन नगरे पनि निर्वाचन निर्विकल्प भएको ठहर गरेको हो। छलफलमा सहभागी परराष्ट्रमन्त्री एवम् कांग्रेस नेता प्रकाशरण महतले स्थानीय निकाय कि तहको भन्नेमा अझै निश्चित नभए पनि कांग्रेसले बैशाखमा निर्वाचन हुनपर्ने निर्णय गरेको जानकारी दिए।

स्थानीय तह पुनर्संचनाको विषय र संविधान संशोधनका विषयमा थप छलफल गरेर अघि बढ्न सकिने कांग्रेसले जनाएको छ। त्यस्तै बैठकमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका बारेमा पनि छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.