|

काठमाडौं : गैरकानुनी तरिकाले विदेश पठाउन लागिएको १० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले आइतबार न्युरोडबाट पक्राउ गरेको छ। प्रहरीले न्युरोड इलाकामा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा स्याङ्जा मिर्मिका राजेन्द्र भट्टराई र भक्तपुर ठिमीका विकास कार्कीलाई पक्राउ गरेको हो।

उनीहरुलाई स्रोत नखुलेको रकमसहित महानगरीय प्रहरी बृत्त, जनसेवाको प्रहरीले आरवी कम्प्लेक्स अगाडिबाट पक्राउ गरेको हो। प्रहरीले भट्टराईका साथबाट पाँच लाख ४३ हजार र कार्कीको साथबाट चार लाख ६५ हजार रुपैयाँ गरेर १० लाख आठ हजार रुपैयाँ बरामद गरेको महानगरी प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.