|

एजेन्सी :  बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। 

उनमा १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। मुम्बईको नानावती अस्पताल भर्ना भएका उनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन्। 

ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। साथै छोरा अभिषेकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। अभिषेक भने आजै डिस्चार्ज हुने उनीहरुलाई उपचार गराइरहेको नानावटी अस्पतालले जनाएको छ। अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.