|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घुमाउरो तरिकाले असहमति व्यक्त गरेका छन्। भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिको पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले असहमति जनाएका हुन्। 

मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भए पनि अहिलेको समयमा यस्ता कुरा गर्दा चनाखो हुनुपर्ने बताए ।बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र जातिय द्वेषहरु फैलाउने बताए। उनले सबैको आ—आफ्नै संवेदनशीलता हुने उल्लेख गर्दै उनले यस्ता कुरामा विचार राख्दा चनाखो हुनुपर्ने पनि बताए।

‘नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक हो। यसमा कुनै दुईमत छैन। विभिन्न क्षेत्रबाट यसको अध्ययन गरी तथ्यहरु बाहिर ल्याउँदै जानुपर्छ। आजको दिनमा हामीले यस्ता कुरा गर्दा सबैको आफ्ना संवेदनशीलता हुन्छन्।

जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र देश देशका संवेदनशीलता हुन्छन्। त्यस कुरामा चनाखो हुनै पर्छ। सन्तुलित र तथ्यपरक ढंगले आफ्नो विचार प्रकट गर्नुपर्छ। त्यसले जातिय, सांस्कृतिक, धार्मिक, भाषिक द्वेष जन्मिनेतर्फ भन्नेतर्फ ध्यान दिनुपर्छ। कुनै पनि छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध प्रतिकूल नहोस् भन्नेमा हामी सचेत छौँ। सरकार सचेत छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.