|

चीनले दक्षिण–पश्चिमी शहर छेङ्दुमा रहेकाे अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

अमेरिकाले टेक्सासको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास  बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो। अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ। 

चिनियाँ विदेश मन्त्रालयले भनेको छ,  आफ्नो निर्देशनलाई ‘अमेरिकाको अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम’ भनेको छ।  ‘चीन र अमेरिकाबीचको अहिलेको अवस्था चीनले हेर्न चाहेको होइन र यसका लागि अमेरिका सम्पूर्ण रूपले जिम्मेवार छ,’ वक्तव्यमा भनिएको छ।

छेङ्दुको अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको र त्यहाँ हाल २०० भन्दा बढी कर्मचारी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.