|

अमेरिकी वायु सैनिकको एक टुकडी दक्षिण चीन सागरमा प्रवेश गरेको छ। अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ।

आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको हो। चीनले आफ्नो दाबी गर्दै आएको दक्षिण चीन सागरको भूभागमा दक्षिणपूर्वी एसियाको अन्य देशले पनि दाबी गर्दै आएको छ। चीनले सो सागरमा टापूहरु निर्माण गरी सैनिक बेसक्याम्प स्थापना गरिरहेको छ।

यूएसएस कार्ल भिजन वायु सेनाको समूह आफ्नो नियमित अप्रेसनका क्रममा दक्षिण चीन सागरमा प्रवेश गरेको अमेरिकी नाभीले अनलाइनमा प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ।

‘हामी शक्ति प्रदर्शनका लागि समय हेरिरहेका छौँ, इन्डो एसिया प्यासिफिक क्षेत्रका साझेदार राष्ट्रहरुको सम्बन्ध विस्तारका लागि थप कदम चालिने छ,’ अभियान टोलीका कमाण्डर रेयर एडमाइरल जेम्स किल्वाईले भनेका छन्।

चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुन अनुसार जहाज र वायुसैनिक प्रवेशका लागि अनुमति दिइएको जनाएको छ। तर बेइजिङले आफ्नो सार्वभौमिकतामाथि असर हुने अमेरिकी सैनिकका कुनै पनि गतिविधि सैह्य नहुने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.