|

काठमाडौं : पछिल्लो समय एकपछि अर्को विवादित फैसला सुनाइरहेको सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ।

स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उनीहरुले 'अदालतको पुनर्संरचना गर', 'न्यायालय शुद्धीकरणलाई अघि बढाऊ', 'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग', 'भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता युवा आरके रामेशले अदालतले एकपछि अर्को विवादित फैसला गरेर न्याय प्रणालीमाथि नागरिकको भरोसा नै टुटाउन खोजेकाले प्रदर्शनमा उत्रनुपरेको बताएका छन्।

सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्‍जन कोइरालालाई आश्‍चर्यजनक तरिकाले रिहा गर्न आदेश दिएको भन्दै चर्को विरोध भइरहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.